PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बढुवा भएको केही घण्टामा नै तीन एआईजीलाई दर्ज्यानी चिन्ह



पहिलोपोस्ट

बढुवा भएको केही घण्टामा नै तीन एआईजीलाई दर्ज्यानी चिन्ह

काठमाडौं : आज सरकारले बढुवा गरेका तीन जना प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। दिउँसो प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाएका हुन्।

आज बिहान बनेको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यस्तै बढुवा असन्तुष्ट बनेका दुई जना डीआईजीले अदालतमा निवेदन दर्ता गराएका छन्। डीआईजी धनश्याम अर्याल र प्रकाशजंग कार्की सर्वोच्च अदालतमा पुगेका हुन्। त्यस्तै अर्का डीआईजी इश्वरबाबु कार्की पनि अदालत जाने तयारीमा छन्।

सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो। चैत १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन्।

तीन जनालाई बढुवा सिफारिस गरेपछि असन्तुष्ट तीन जना डीआईजी गृहको निर्णय विरुद्ध निर्वाचन आयोगमा पुगेका थिए। तर, आयोगले गृहको सिफारिसलाई सदर गर्ने निर्णय गरेपछि सरकारले बढुवा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell