PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

स्थानीय तह निर्वाचन निर्देशिका जारी, मतदान सम्बन्धि जानकारी दिन आयोगमा कल सेन्टर



पहिलोपोस्ट

स्थानीय तह निर्वाचन निर्देशिका जारी, मतदान सम्बन्धि जानकारी दिन आयोगमा कल सेन्टर

काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले निर्देशिका जारी गरेको छ। आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका-२०७९ जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यस्तै, आयोगले निर्वाचनमा उम्मेद्वारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व-घोषणा गर्नुपर्ने व्यवस्था गरेको समेत उनले जानकारी दिए। त्यसका लागि आयोगले राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन समेत दिएको छ।

स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाई महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरुलाई निर्देशन दिइएको प्रवक्ता पौडेलले जानकारी दिए।

यस्तै, आयोगले निर्वाचन सम्बन्धि सूचना उपलब्ध गराउनका लागि कल सेन्टरको समेत स्थापना गरेको छ। प्रवक्ता पौडेलका अनुसार कल सेन्टर स्थापना भएको पहिलो दिन ३१० र दोस्रो दिन २६१ जना मतदाताहरुको जिज्ञासा समाधान गरिएको छ। आयोगले मतदान सम्बन्धि जिज्ञासाका लागि ११०२ नम्बरको टोल-फ्रि नम्बर उपलब्ध गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell