PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एआइजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर



पहिलोपोस्ट

एआइजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं : आज सरकारले  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

बढुवाबाट असन्तुष्ट बनेका डीआइजी ईश्वरबाबु कार्कीले सर्वोच्चमा दिएको रिट निवेदन आज दर्ता भएको छ। आज बिहान सरकारले पहिलो नम्बरमा डीआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको छ।

चैत्र १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका तथा सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेको बताएको थियो। बढुवा भएका तीनै जनाले आज दर्ज्यानी चिन्ह समेत लगाइ सकेका छन्।

तीन जनालाई बढुवा सिफारिस गरेपछि आकांक्षी रहेका तीन जना डीआईजीहरु धनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकासजंग कार्की असन्तुष्ट भएका छन्। उनीहरु आफूभन्दा कनिष्टलाई एआइजीमा सिफारिस गरिएको भन्दै गृहको निर्णयविरुद्ध निर्वाचन आयोगमा पुगेका थिए। तर, आयोगले गृहको सिफारिसलाई सदर गर्ने निर्णय गरेपछि सरकारले बढुवा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell