PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पहिलो दिन डकुमेन्ट्री 'गोरू पर्व' को प्रिमियर



पहिलोपोस्ट

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पहिलो दिन डकुमेन्ट्री 'गोरू पर्व' को प्रिमियर

काठमाडौँ : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौँ संस्करण आजबाट सुरू भएको छ। फेस्टिभलको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन्।

उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म उद्योगलाई सरकारले सहयोग गर्न कन्जुस्याइँ नगरेको बताए। चलचित्रकर्मीहरुलाई मञ्चभन्दा फिल्डमा उत्रेर राम्रा चलचित्र बनाउन उनले सुझाव दिए। ‘चलचित्रकर्मीहरु मञ्चमा आवाज उठाउँछौँ। तर फिल्डमा कमजोर छौँ। तपाईंहरु उत्कृष्ट कथा ल्याउनुहोस्। राज्यले लगानी गर्नेछ,’ उनले भने।

निफका संयोजक यादवकुमार भट्टराईले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान फेस्टिभलले सहयोग गरेको बताए।

निफका अध्यक्ष केपी पाठकले भौतिक रुपमा महोत्सव गर्न पाएकोमा खुसी व्यक्त गरे।

पाठकका अनुसार २१ गतेसम्म चल्ने महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिस्पर्धा हुनेछ। त्यसमध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको सात वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ। 

निफको पहिलो दिन डकुमेन्ट्री ‘गोरू पर्व’ को प्रिमियर गरिएको थियो। ४६ मिनेट लामो डकुमेन्ट्रीलाई पुरु लम्सालले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell