काठमाडौँः नेपाली कांग्रेसको निर्वाचन परिचालन कमिटीले विधान बमोजिमका बाँकी समिति गठन तत्काल गर्न निर्देशन दिएको छ। विधान अनुसारका अनुशासन समिति, संसदीय समिति र कार्यसम्पादन समिति गठनको निर्देशन दिएको हो।
उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठनको पनि निर्णय गरेको छ।
बैठकले जिम्मेवारी बाँडफाँड गरेर निर्वाचन अभियानमा क्रियाशील हुने निर्णय पनि गरेको छ।