PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सैनामैनाका विपन्न परिवारले पाए घर



पहिलोपोस्ट

सैनामैनाका विपन्न परिवारले पाए घर

बुटवलः रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरविहीन परिवारलाई घर हस्तान्तरण गरिएको छ। वर्षौँदेखि बसोबास गर्दै आएका विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले घर हस्तान्तरण गरेको हो।

नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारको लागि भन्दै कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो।

तराई-मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा १ शौचालय र ३ वटा कोठा रहेका छन्।

आर्थिक वर्ष २०७५/०७६ बाट सुरू गरिएको बस्ती निर्माणमा १ करोड ८६ लाख ५७ हजार रुपैयाँ बजेट लगानी भएको नगरपालिकाका इन्जिनियर अरूण खनालले जानकारी दिए।

निर्माण गरेका १० वटा घरमध्ये बिहीबार ९ वटा घर हस्तान्तरण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell