PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

२ सय ११ रनको विशाल लक्ष्य पछ्याउँदै लखनउको पहिलो जित, चेन्नइ लगातार दोस्रो खेलमा पराजित



पहिलोपोस्ट

२ सय ११ रनको विशाल लक्ष्य पछ्याउँदै लखनउको पहिलो जित, चेन्नइ लगातार दोस्रो खेलमा पराजित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्स लखनउ सुपर जाइन्टसँग पराजित भएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा लखनउले चेन्नइमाथि ६ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

चेन्नइका लागि ओपनर रोबिन उथप्पाले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा शिवम दुबेले ४९, मोइन अलीले ३५, अम्बाती रायडूले २७ तथा कप्तान रवीन्द्र जडेजाले १७ रन रन बनाए। त्यस्तै महेन्द्रसिंह धोनी १६ रनमा अविजित रहे।

बलिङतर्फ लखनउका अभेस खान, एन्ड्र्यु टाई र रवि विश्नोइले समान २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउका लागि क्विन्टन डिककले सर्वाधिक ६१ रन बनाउँदा केएल राहुलले ४१ रन जोड्दै उत्कृष्ट ओपनिङ दिए। त्यस्तै आक्रामक ब्याटिङ गरेका इविन लेविस ३ छक्का र ४ छक्काको सहायतामा ५५ रनमा अविजित रहँदा आयुश बडोनी ९ बलमा १९ रन जोड्दै अविजित रहे।

बलिङतर्फ ड्वाइन प्रेटोरिउसले २ विकेट लिँदा तुषारदेश पाण्डे र ड्वाने ब्राभोले समान १ विकेट लिए।

योसँगै चेन्नइ जारी सिजन लगातार दोस्रो हार ब्यहोरेको छ भने लखनउले आईपीएलमा पहिलो जित निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell