PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

फ्राइडे रिलिज : ‘हेल्लो जिन्दगी’ र ‘मोर्बियस’ प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : ‘हेल्लो जिन्दगी’ र ‘मोर्बियस’ प्रदर्शनमा

काठमाडौं : आज एक नेपाली र एक विदेशी फिल्महरू सिनेमाघरमा प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हेल्लो जिन्दगी’ र हलिउड फिल्म ‘मोर्बियस’ रिलिज भएका हुन्।

एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा हिराल जोशी र बिक्रम जोशी निर्माताका रूपमा रहेका छन्। यो फिल्म सत्य घटनामा आधारित रहेर लेखिएको बताइएको छ। फिल्ममा बिक्रम डी कार्की, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय रहेको छ।

त्यसैगरी, एक्सन जनरामा निर्माण भएको सुपरहिरो फिल्म ‘मोर्बियस’ पनि प्रदर्शनमा आएको छ। डेनियल एस्पिनोसाको निर्देशन रहेको यस फिल्ममा जेरेड लेटो, माइकल कीटन, एड्रिया अर्जोना लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘हेल्लो जिन्दगी’ र ‘मोर्बियस’का साथै फिल्म ‘आरआरआर’ र ‘द कश्मिर फाइल्स’ पनि प्रदर्शनरत नै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell