PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अब थिएटरमा मञ्चन हुनेछ 'पल्पसा क्याफे'



पहिलोपोस्ट

अब थिएटरमा मञ्चन हुनेछ 'पल्पसा क्याफे'

काठमाडौं : नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटक आगामी वैशाख ९ गतेबाट मञ्चन हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष रोकिएको थिएटर भिलेज समूहको यो नाटक थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन हुन लागेको हो।

थिएटरमा बैशाखभर प्रदर्शन हुने नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।

विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशन रहेको नाटकमा सुरज सुवेदीको नाट्य रूपान्तरण रहेको छ। नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारहरूमा पनि परिवर्तन गरिएको छ।

गत वर्ष पल्पसाको भूमिकामा स्वस्तिमा खड्का देखिने पक्का भएको थियो। तर यसवर्ष भने उक्त भूमिकामा अभिनेत्री सृष्टि श्रेष्ठ देखिनेछिन्। अर्का प्रमुख पात्र सिद्धार्थको भूमिकामा भने दिपेश राई पक्का भएका छन्।

‘पल्पसा क्याफे’ उपन्यास अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुवादित भएको छ। यस उपन्यासले १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा समेटेको छ। उपन्यासका धेरै पात्रहरूलाई नाटकमा ढाल्नु आफैँमा चुनौतीपूर्ण रहेको नाट्य रुपान्तरक सुरज सुवेदीले बताए।

नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारहरूको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell