PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

निर्वाचन सुरक्षामा खलल पुग्न सक्ने भन्दै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह



रासस

निर्वाचन सुरक्षामा खलल पुग्न सक्ने भन्दै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह
फाइल फोटो।

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन्।

यही चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो। चैत्र १५ गते बसेको जिल्ला सुरक्षा समतिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरिएको उनले जानकारी दिए।

अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell