PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

खुला भयो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन



पहिलोपोस्ट

खुला भयो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन

काठमाडौं : सांगीतिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन खुला भएको छ। आगामी बैशाखबाट इमेज टेलिभिजनमा प्रसारण हुने शोको अडिसन खुला गरिएको हो।

भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको शो आगामी बैशाख १८ गतेबाट प्रसारणमा आउनेछ। शोका निर्णायकमा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार पक्का भएको कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिए।

अडिसनमा भाग लिन नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा इमेलमा आफूले गाएको दुई मिनेट लामो भिडियो पठाउनुपर्ने आयोजकले बताएको छ।

यस शोमा सांगीतिक क्षेत्रमा संघर्षरत गायक/गायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने बताइएको छ। विजेताले २५ लाख नगद प्राप्त गर्ने आयोजकले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell