PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

पेट्रोलियम पदार्थको ढुवानी बन्द, २० गतेबाट बिक्री वितरण रोक्ने चेतावनी



पहिलोपोस्ट

पेट्रोलियम पदार्थको ढुवानी बन्द, २० गतेबाट बिक्री वितरण रोक्ने चेतावनी

काठमाडौं : राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आजदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ।

शुक्रबारदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए।

'निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको हो। आज भारतीय र नेपालका डिपोहरुबाट इन्धन ढुवानी भएको छैन,' उनले भने, 'आयल निगमले चासो नदेखाएपछि इन्धन आपूर्ति नै बन्द गर्नु पर्ने अवस्था आएको हो।'

एक महिनादेखि माग सम्बोधन गर्न व्यवसायीहरुले विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए। तर निगमबाट हालसम्म कुनै पनि जानकारी आएको छैन। यसले गर्दा शुक्रबारबाट फेरि पेट्रोलियम पर्दाथको ढुवानी बिक्री सबै बन्द गर्न थालिएको छ।

अब चैत २० गतेबाट पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गर्ने महासंघले चेतावनी दिएको छ। पटक पटक व्यवसायीहरुको आन्दोलनले पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell