PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

चाइना इस्ट्रन विमान दुर्घटनास्थलबाट ४९ हजार टुक्रा संकलन, कम्पनीलाई ११३ मिलियन युआन बीमा रकम भुक्तानी



पहिलोपोस्ट

चाइना इस्ट्रन विमान दुर्घटनास्थलबाट ४९ हजार टुक्रा संकलन, कम्पनीलाई ११३ मिलियन युआन बीमा रकम भुक्तानी

चीनमा १३२ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्ट ३० दिन भित्र आउने भएको छ। 

यसैबीच उद्धार कार्यमा खटिएका उद्धारकर्मीले विमानका ४९ हजार बढी टुक्राहरु संकलन गरी अनुसन्धान थालिएको चीनको नागरिक उड्ययन मन्त्रालयको उड्ययन सुरक्षा कार्यालयका प्रमुख चु थाओले बताएको चाइना डेलीले जनाएको छ। 

विमानको ब्ल्याक बक्स दुर्घटनाको एक सातापछि फेला परेको थियो। मार्च २१ मा १२३ यात्रु र ९ चालक दलका सदस्यसहित युनान प्रान्तको कुनमिङबाट दिउँसो १:११ मा उडेको चाइना इस्ट्रन एयरलाइन्सको उडान नं एमयु ५७३५ भएको विमान उचोउ क्षेत्रमा पुगेपछि २:२१ बजे एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो। 

गत शनिवार मात्र विमानमा सवार सबैको मृत्यु भएको घोषणा भएको  थियो। दुर्घटनापछिको उद्धार अभियान सकिएको भन्दै दुर्घटनाको कारण पहिचानका लागि कुनै पनि कसर बाँकी नराख्ने उनले बताएका छन्। 'हामीले कुनै कसर पनि बाँकी राख्ने छैनौं र दुर्घटनाको कारणको जडसम्म पुग्नेछौं र सत्य पत्ता लगाई भविष्यमा हुने समान किसिमका दुर्घटना रोक्ने छौं,' उनले भने।

दुर्घटनाबाट फेला परेको विमानको ब्ल्याक बक्सको 'डिकोड' गर्दै अनुसन्धानकर्ताहरुले दुर्घटनास्थलकोसमेत अवलोकन गरेका छन्। त्यस्तै अनुसन्धान टोलीले एयर ट्राफिक कन्ट्रोलको फ्लाइट डेटा रकर्डको विश्लेषण पनि गरेको थियो। 

दुर्घटनाग्रस्त विमान, विमानमा रहेको कार्गो, यात्रुहरु उनीहरुका समानहरुकोसमेत अनुसन्धानकर्ताहरुले विश्लेषण गरिरहेका छन्। उड्डयन सुरक्षा प्रमुख चुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन सम्झौता अनुसार ३० दिन भित्र प्रारम्भिक रिपोर्ट तयार हुने र पूर्ण अनुसन्धान सकिएपछि अन्तिम रिपोर्ट सार्वजनिक गरिने जानकारी दिए।

दुर्घटनाको अनुसन्धान जारी रहेको र बीमा कम्पनीहरुले यात्रु तथा सामाग्रीको बीमा रकम भुक्तानी सुरु गरिसकेका छन्। 

मंगलवारसम्म ११ बीमा कम्पनीले १४ दाबीको १४.८ मिलियन युआन रकम भुक्तानी दिइसकेका छन्। त्यस्तै चार बीमा कम्पनीहरुले विमान कम्पनीलाई पेश्की स्वरुप ११३ मिलियन युआन उपलब्ध गराइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell