PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

युक्रेनले इन्धन भण्डारण क्षेत्रमा आक्रमण गरेको रसियाको दाबी



पहिलोपोस्ट

युक्रेनले इन्धन भण्डारण क्षेत्रमा आक्रमण गरेको रसियाको दाबी
Photo : RUSSIAN EMERGENCIES MINISTRY

युक्रेनले आफ्नो इन्धन भण्डारण क्षेत्रमा आक्रमण गरेको रसियाले दाबी गरेको छ। बेलगोरोड क्षेत्रमा रहेको दुई हेलिकप्टरले आक्रमण गरेको स्थानीय अधिकारीले बताएका हुन्।

रसियाको उक्त दाबीबारे युक्रेनले केही सार्वजनिक गरेको छैन।

रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएपछि सुरु भएको युद्ध करिब एक महिनादेखि जारी छ।

युद्ध प्रभावित युक्रेनबाट लाखौं मानिस सीमावर्ती राष्ट्रहरुमा पलायन भएका छन्। युद्धका कारण ४० लाख भन्दा बढी मानिस युक्रेनबाट पलायन हुने अनुमान गरिएको छ।

दुवै राष्ट्रबिच विभिन्न चरणमा वार्ता भए पनि सफल हुन सकेको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell