PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

उरा र भालाको आक्रामक अर्धशतक, पीएनजीले हरायो मलेसियालाई



पहिलोपोस्ट

उरा र भालाको आक्रामक अर्धशतक, पीएनजीले हरायो मलेसियालाई
Photo: CAN

काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज सम्पन्न खेलमा पीएनजीले मलेसियालाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पीएनजीले ८ विकेटको फराकिलो जित निकाल्दै आफ्नो चौथो खेलमा पहिलो जित निकालेको हो। यसअघिका खेलमा पीएनजी दुई पटक नेपालसँग र एकपटक मलेसियासँग पराजित भएको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको मलेसियाका लागि सइद अजिज र अहमेद फइजले अर्धशतकीय पारि खेलेका थिए। अजिजले ३५ बलमा ६८ रन जोड्दै फइजले ४३ बलमा ६३ रन बनाए। त्यस्तै जुबइदिकी जुलकिफ्लेले ४६ रन बनाउँदा विरनदीप सिंहले १० रन बनाए।

बलिङतर्फ पीएनजीका कौउबा मोएराले सर्वाधिक ४ विकेट लिँदा चाड सोपर रिले हेकुरेले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले ओपनर लेगा सिएकालाई शुन्य रनमै गुमाएको थियो। त्यस्तै चार्ल्स अमिनी २८ रन बनाएर पेभेलियन फर्किँदा कप्तान असद भाला र टोनी उराले आक्रामक ब्याटिङ गर्दै पीएनजीलाई लक्ष्यसम्म पुर्‍याए। भालाले ५१ बलमा ७४ रन बनाउँदा उराले ३४ बलमा १० छक्का र २ चौकाको सहायतामा ८६ रन बनाए।

बलिङतर्फ मलेसियाका मोहम्मद वफिक र सइज्रुल इड्रुसले समान १ विकेट लिए।

मलेसियाले शनिवार नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell