PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

देश बिगार्न संस्कृति माथि हमला भएको भन्दै ओलीले भने : नेपालमा आँसु कविको कमी छैन



पहिलोपोस्ट

देश बिगार्न संस्कृति माथि हमला भएको भन्दै ओलीले भने : नेपालमा आँसु कविको कमी छैन

काठडमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आँसु कविको कमी नभएको बताएका छन्। जनसाँस्कृतिक महासंघको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कवितालाई पुर्खाहरुले लयवद्ध रुपमा सम्प्रेषण गर्ने गरेको बताए।

'त्यसलाई फेरि सक्रिय ढंगले अघि बढाउन आवश्यक छ। नेपालमा आँसु कविको कमी छैन। तत्कालै कविता बनाउने काम सजिलो होइन,' उनले भने।

उनले संस्कारजन्य कुरामा मात्रै संस्कार नखोजेको तर जीवनसँग जोडिएका विकासमा पनि संस्कार खोजिरहेको बताए।

'जति हामीले विस्तार गर्न सक्छौ त्यति यसकोबारेमा दुनियाँले बुझ्दै जान्छ,' उनले भने। 

चेतनाको माध्यम संस्कृति भएको ओलीको भनाइ छ। राम्रा कुरालाई संस्कृतिले मजबुत बनाउनु पर्ने ओलीले बताए।

'कुनै देश बिगार्नु छ भने त्यस देशको संस्कृति बिगारे पुग्छ। हामी माथि साँस्कृतिक हमला भएको छ,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell