PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

टुँडिखेलमा घोडेजात्रा : यस्तो देखियो घोडसवारहरुको अश्वकला

टुँडिखेलमा घोडेजात्रा : यस्तो देखियो घोडसवारहरुको अश्वकला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शुक्रबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। 

घोडेजात्रा अवलोकनका लागि टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका पुगेका थिए। जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए।

गुरुमापा भन्ने तुण्डि नामको राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको तर शहरवासीले राक्षसको आत्मा टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जिवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन यो पर्व मनाउन थालिएको जनविश्वास छ। टुंडिखेलमा सेनाले घोडा कुदाउने परम्परा भने राणाकालमा सुरु भएको बताइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell