
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सडेगलेकासँग घाँटी जोडेको आरोप लगाएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पत्रु तत्वहरुसँग कांग्रेसले सहकार्य गरिरहेको बताएका हुन्।
'नेपाली कांग्रेसले कस्तासँग घाँटी जोड्छ भने सडेगलेकासँग जोड्छ। पत्रु तत्वहरु बिकाउ मालहरुसँग,'उनले भने।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल 'पत्रु' भएको ओलीको आरोप छ। कम्युनिस्ट कार्यकर्ताले एमाले नछोडेको ओलीको आरोप छ।
भने,'कम्युनिस्टले एमाले छोड्छ माधव नेपाल जस्ता पत्रु मान्छेले छोड्छ।'
कांग्रेसले जहिले पनि लोकतन्त्रप्रति घात गरेको ओलीको आरोप छ। कांग्रेसको आलोचनामा उत्रिएका ओलीले सत्तामा हुँदा कम्युनिस्ट कार्यकर्ता जहिले जेल परेको बताए।
'उहिले हो कि अहिले होस त्यस्तो गर्छ। कांग्रेसलाई २०४६ मा र २०६२/६३ मा ठिक ठाउँमा ल्यायौं। फेरि उम्किहाल्यौं। कांग्रेसले बुझेको लोकतन्त्र भनेको कम्युनिस्टमाथि प्रतिबन्ध लगाउने हो। धन्न अरु कुरा आफ्ना ठाउँमा छन् पशुपतिनाथको कृपाले १२ सालमा कांग्रेस ढल्यो,'उनले भने।
ओलीले टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि मात्रै कम्युनिस्ट कार्यकर्तामाथिको प्रतिबन्ध हटेको बताए।
'कांग्रेस सरकारमा छँदासम्म त कम्युनिस्ट कार्यकर्ता जेलका जेल। कम्युनिस्टलाई ४ वर्ष सम्म प्रतिबन्ध। ९ साल १० साल ११ साल प्रतिबन्ध लाग्यो। टंकप्रसाद आचार्य आउनु भयो र प्रतिबन्धन खुलाउनुभयो। आचार्यको लोकतन्त्रको मान्यतालाई धन्यवाद दिनुपर्छ,'उनले भने।