PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

दर्ता चलानी फाँटमा निवेदन दर्ता गराएर प्रधानमन्त्री हुँदिन : केपी शर्मा ओली



पहिलोपोस्ट

दर्ता चलानी फाँटमा निवेदन दर्ता गराएर प्रधानमन्त्री हुँदिन : केपी शर्मा ओली
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिक्रियावादीसँग मिलेर सत्तामा नजाने बताएका छन्। अनेरास्ववियूको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफू जनताको मतले प्रधानमन्त्री भएको बताएका हुन्। उनले दर्ता चलानी फाँटमा निवेदन दर्ता गराएर प्रधानमन्त्री नहुने बताए।

'जस्तोसुकै परिणाम भोग्न एमाले तयार होला तर प्रतिक्रियावादीसँग झुक्नु तयार छैन्,' एमाले एक्लै जनताको मत लिएर सत्तामा फर्किने भन्दै ओलीले भने।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजाको पाउमा भेटी चढाएको आरोप समेत लगाए। कांग्रेसको शासनमा देशको अर्थतन्त्र ध्वस्त भएको उनको आरोप छ।

ओलीले अहिले एमाले प्रवेशको लहर चलेको भन्दै नेता कार्यकर्तालाई पार्टी प्रवेश कार्यक्रमलाई व्यापक बनाउन निर्देशन दिए।

'सन्तानलाई के गर्ने भविष्य के बनाउने? मैले हिजो मात्रै बाँकेमा पार्टी प्रवेश गराए जुम्लाको कार्यक्रममा गएँ। हिजो मात्रै ४ वटा जिल्लामा कार्यक्रम भयो। तपाईंहरुले अझ म भन्दा बढी कार्यक्रममा भ्याउनुपर्छ,'उनले भने।

माधव नेपालले पहिला एमालेलाई हार्ने बानी लगाएको उनले बताए। अब भने एमाले हार्ने बानीबाट मुक्त भएको ओलीको भनाइ छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell