PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

देउवा दिल्ली जाँदा आश्चर्यमा ओली : चुनावको मुखमा किन भारततिर?



पहिलोपोस्ट

देउवा दिल्ली जाँदा आश्चर्यमा ओली : चुनावको मुखमा किन भारततिर?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न गरेका छन्। स्थानीय तहको निर्वाचनअघि भारत जानु आफैमा आश्चर्यजनक रहेको उनको भनाई थियो। 

अनेरास्वीयुको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अरु समयमा नगएर चुनावकै बेला भारत जानुको अर्थ आफूले पनि नबुझेको बताए। भने,'प्रधानमन्त्रीजी विदेश जानु भएको छ ठ्याक्कै चुनाव अगाडि, किन जानुभको नि? आएपछि सोध्नु पर्ला यति समयसम्म जानु भएन यति नै बेला किन जानु भयो भनेर।'

ओलीले कांग्रेसप्रति आक्रोश व्यक्त गरेका थिए। उनले कांग्रेस सरकारमा रहँदा कम्युनस्ट कार्यकर्तामाथि प्रतिबन्ध रहेको भन्दै कांग्रेसको लोकतान्त्रिक मान्यता नै कम्युनिस्टमाथि प्रतिबन्ध भएको टिप्पणी गरे। बिकाउ मालसँग कांग्रेसले अहिले सहकार्य गरिरहेको ओलीको आरोप छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओ‌लीले माधव नेपाल कम्युनिस्ट नभएर पत्रु तत्व भएको आरोप लगाए। ओलीले एमाले सरकारका कामलाई चुनावमा प्रचारप्रसार गर्न निर्देशन दिए। अहिलेको चुनावी गठबन्धन किलोको ढक भएको तर एमाले क्विण्टलको ढक भएको ओलीले बताए। 'एमाले क्विण्टलको ढक हो। यि सब केजिका ढक हुन्,'ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell