PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पेट्रोलियम पदार्थ बिक्री नगर्ने आन्दोलन फिर्ता लिन आयल निगमको आग्रह



पहिलोपोस्ट

पेट्रोलियम पदार्थ बिक्री नगर्ने आन्दोलन फिर्ता लिन आयल निगमको आग्रह

काठमाडौँः नेपाल आयल निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिन राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिलाई आग्रह गरेको छ। समितिले उठाएका मागबारे निगमका उच्च पदाधिकारी भारतबाट फर्किएपछि निर्णय लिने भन्दै आन्दोलन स्थगन गर्न निगमले आग्रह गरेको हो।

शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरिएको छ। शनिबारदेखि विक्री वितरण समेत बन्दको कार्यक्रम तय भएको छ। 

प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति जारी गर्दै निगमका कार्यकारी निर्देशकसहितका पदाधिकारी सप्लाइ सम्झौता नवीकरणका लागि भारतमा रहेकाले फर्किएपछि मागबारे आवश्यक निर्णय लिने भन्दै आन्दोलन स्थगन गर्न आग्रह गरेका हुन।

चैत ७ गतेको पत्रबाटै आन्दोलनका कार्यक्रम स्थगन गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ। समितिको मागका सम्बन्धमा उपसमिति गठन भई काम भइरहेको पनि निगमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell