PahiloPost

Jul 3, 2024 | २० असार २०८१

रसेलको आक्रामक अर्धशतकको सहायतामा पञ्जाबमाथि कोलकत्ताको सानदार जित



पहिलोपोस्ट

रसेलको आक्रामक अर्धशतकको सहायतामा पञ्जाबमाथि कोलकत्ताको सानदार जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले पञ्जाबमाथि ६ विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले आन्द्रे रसेलको आक्रामक अर्धशतकीय पारिको सहायतामा १४.३ ओभरमा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङमा उत्रिएको पञ्जाबले ओपनर तथा कप्तान मयंक अग्रवाललाई १ रनमै गुमायो। पञ्जाबका लागि भानुका राजापाक्षेले सर्वाधिक ३१ रन बनाउँदा कागिसो रबाडाले २५ तथा लिआम लिभिङस्टोनले १९ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानहरुले उल्लेखनीय स्कोर बनाउन सकेनन्।

बलिङतर्फ कोलकत्ताका उमेश यादवले सर्वाधिक ४ विकेट लिँदा टिम साउथीले २ विकेट तथा शिवम मभि, सुनिल नारेन र आन्द्रे रसेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले ओपनर द्वय अजिन्क्य रहाणे र बेङ्कटेश ऐय्यरलाई क्रमश १२ र ३ रनमा गुमाएको थियो। त्यस्तै कप्तान श्रेयस ऐय्यरले २६ रन बनाउँदा साम बिलिङ्स २४ रनमा अविजित रहे। कोलकत्तालाई सहज जिततर्फ डोहोर्‍याउन आन्द्रे रसेलले ३१ बलमा ८ छक्का र २ चौकाको सहायतामा ७० रन बनाए।

बलिङतर्फ पञ्जाबका राहुल चहरले दुई विकेट लिँदा कागिसो रबाडा र ओडियन स्मिथले समान १ विकेट लिए।

योसँगै तीनखेलबाट दोस्रो जित निकाल्दै ४ अंक जोडेको कोलकत्ता शीर्ष स्थानमा उक्लिएको छ भने दुई खेलमा १ जित र एक हार ब्यहोरेको पञ्जाब सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell