PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बिरामीको मृत्यु पछि आफन्तले गरे अस्पताल तोडफोड



पहिलोपोस्ट

बिरामीको मृत्यु पछि आफन्तले गरे अस्पताल तोडफोड

कैलाली : कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिवार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

उनको मृत्यु भएपछि आफन्त आक्रोशित भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए। 

उनका अनुसार डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुङ्गामुढा प्रहार गरेका हुन्। ढुङ्गामुढा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेको छ। आक्रोशित भिड तितरबितर गर्न प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको छ। आक्रोशित आफन्त र अस्पतालबिच छलफल गर्न समन्वयको प्रयास भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell