PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

आज पनि हल्का वर्षा हुनसक्‍ने



रासस

आज पनि हल्का वर्षा हुनसक्‍ने
फाइल फोटो

काठमाडौं : देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली साथै मधेश प्रदेशमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell