PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

डाक्टर पढ्न ३४ हजार भन्दा धेरैको आवेदन



रासस

डाक्टर पढ्न ३४ हजार भन्दा धेरैको आवेदन
परीक्षाको प्रतीकात्मक फाइल फोटो।

काठमाडौँ : चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६ सय ६५ जनाले आवेदन दिएका छन्। तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५ सय ८ जना सहभागी थिए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रवार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका थिए। मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षण गरेका थिए। सो परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell