PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नक्सालमा पाहाँ च:ह्रेको रौनक : आज नक्साल भगवतीलाई पशुपति लगिने

नक्सालमा पाहाँ च:ह्रेको रौनक : आज नक्साल भगवतीलाई पशुपति लगिने

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : अहिले काठमाडौं जात्रामय भएको छ। पाहाँ च:ह्रे सुरु भएसँगै नेवार समुदाय रहेको बस्ती जात्रामय भएको हो। काठमाडौंमा दशैंभन्दा ठुलो चाडका रुपमा मनाइने यो पर्व अन्तर्गत नक्सालमा पनि देवदेवी खट जात्रा भइरहेको छ।

गोमा गणेश, लाल गणेश र नक्साल भगवतीको प्रतिमालाई खटमा राखेर नगर परिक्रमा गराइँदैछ।

पहिलो दिन गोमा र लाल गणेशलाई टोल परिक्रमा गराइएको थियो। दुवै गणेशलाई द्य:छेँमा बिराजमान गराएपछि नक्साल भगवतीको जात्रा निकालिएको थियो। यसदिन रात्रिकालीन पूजा समेत गर्ने गरिन्छ। पाहाँ च:ह्रेको दोस्रो दिन नक्सालमा मरजा खुवाइएको थियो भने तीनवटै खटलाई नगर परिक्रमा गराइएको थियो। शुक्रवार बाजासहित राति सिन्दुर जात्रा समेत मनाइएको थियो।

आज बिहानदेखि नै खटसहित घरघरमा पूजा थापिँदैछ। राति नक्साल भगवतीलाई खटमा राखेर पशुपति लग्ने परम्परा छ। त्यहाँ लगेर भगवतीको खटलाई तीनपटक पशुपतिको ढोकामा ठोक्याइन्छ। त्यसपछि बसलामाई पनि पनि खटलाई तीनपटक परिक्रमा गराइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell