PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नयाँ दिल्लीमा देउवा र मोदीबिच भेटवार्ता



पहिलोपोस्ट

नयाँ दिल्लीमा देउवा र मोदीबिच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। हैदरावाद हाउसमा दुवै प्रधानमन्त्री बिच वान अन वान वार्ता भएको थियो। नेपाल र भारतबिच अहिले द्विपक्षीय वार्ता भइरहेको छ।

मोदीसँग भेट्नुअघि देउवासहितको प्रतिनिधिमण्डल राजघाट पुगेको थियो। त्यहाँ देउवाले महात्मा गान्धीलाई श्रद्धान्जली अर्पण गरेका थिए।

आज दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। यस्तै, जयनगर-जनकपुर रेलवेको पनि उद्घाटन हुनेछ।

तीन दिने भ्रमणको क्रममा देउवा शुक्रवार दिल्ली पुगेका थिए। शुक्रवार देउवाले भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका थिए भने भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell