PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

विश्वभर मूल्यवृद्धि हुनुको दोषी पुटिन हो : बाइडेन



पहिलोपोस्ट

विश्वभर मूल्यवृद्धि हुनुको दोषी पुटिन हो : बाइडेन
Photo : Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि इन्धनको मूल्य वृद्धि भएको आरोप लगाएका छन्। रसियाले युक्रेनमाथि आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढिरहेको छ। साथै, अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भइरहेको छ।

यही अवस्थाको उदाहरण दिँदै बाइडेनले विश्वभर अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभावको दोषी पुटिन नै भएको दाबी गरेका हुन्।

‘रसियाले युक्रेनमाथि आक्रमण गरेको ३८ दिन भइसक्यो। आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ। रसियाको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभर नै हानी गरेको छ’ बाइडेनले भने।

उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिँदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने बताए। उनले अहिलेको मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था भएको समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell