PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

हरियो झन्डा देखाउँदै देउवा र मोदीले संयुक्त रुपमा उद्घाटन गरे जयनगर-कुर्था रेल, अर्को शनिवारबाट दैनिक चल्ने



पहिलोपोस्ट

हरियो झन्डा देखाउँदै देउवा र मोदीले संयुक्त रुपमा उद्घाटन गरे जयनगर-कुर्था रेल, अर्को शनिवारबाट दैनिक चल्ने

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जयनगर- कुर्था (जनकपुर) रेल सेवाको उद्घाटन गरेका छन्। हैदरावाद हाउसमा भएको कार्यक्रममा देउवा र मोदीले एकसाथ रेलवेको उद्घाटन गरेका हुन्।

भर्चुअल माध्यमले उनीहरुले रेलको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै जयनगरमा रहेको रेल नेपालको जनकपुरधामका लागि प्रस्थान गरिसकेको छ। कुर्थामा भौतिक पुर्वाधार मन्त्री रणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ।

शनिवार रेल सेवाको उद्घाटन भएपछि आउँदो चैत २६ गतेबाट दैनिक रुपमा जयनगर देखि कुर्थासम्म दुई पटक आउने र जाने गरि रेल चल्ने महाप्रबन्धक निरंजन झाले बताए। हरेक दिन बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्ने छ। त्यस्तै जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि निस्कने छ। सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्नेछ।

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुकी ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए। उनले अब रेल नियमित रुपमा संचालन हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell