काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्। शनिवार चितवनमा आयोजित एक कार्यक्रममा उनले पार्टीले नै स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिसकेको बताएका हुन्।
‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ। तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ,’ उनले भने।
पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको भन्दै केन्द्रको सबै निर्णय लाद्ने पक्षमा कांग्रेस नरहेको बताए।
‘केन्द्रबाट सबै निर्णय लादिँदैन। यस्तो नीति कांग्रेसको छैन,’ पौडेलले भने।
परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा अहिले गठबन्धन बनेको उनको भनाइ थियो।