PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मलेसियामाथि नेपालको फराकिलो जित, अपराजित नेपालले फाइनलमा पीएनजीसँग खेल्ने



पहिलोपोस्ट

मलेसियामाथि नेपालको फराकिलो जित, अपराजित नेपालले फाइनलमा पीएनजीसँग खेल्ने
फाइल फोटो क्यान

काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा नेपालले मलेसियालाई हराउँदै अपराजित रहँदै फाइनलको यात्रा तय गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा मलेसियालाई ८५ रनले हराएसँगै नेपाल र पपुवा न्युगिनी फाइनलमा भिड्ने टुंगो लागेको हो। नेपालले एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने मलेसियाको आजको पराजयसँग पीएनजीले फाइनलमा स्थान सुरक्षित गरेको हो।

आज सम्पन्न खेलमा टस हारेर ब्याटीङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसिया १३८ रनमा समेटियो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमश १२ र १८ रन बनाउँदा रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेल्दै ५१ रनमा पेभेलियन फर्किए। नेपाललाई विशाल लक्ष्य तर्फ डोहोर्‍याउन दीपेन्द्रसिंह ऐरीले आक्रामक शतकीय पारि खेले। उनी ५७ बलमा ६ छक्का र १० चौकाको सहायतामा ११० रनमा अविजित रहे। नेपाली टोलीका लागि टी २० क्रिकेटमा चौथो शतक हो। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतकीय पारि खेलेका छन्। टी २० को एउटा पारिमा भने सर्वाधिक रन ऐरीले बनाएका हुन्।

बलिङतर्फ मलेसियाका मोहम्मद वफिक, पवनदीप सिंह, स्याजरुल इद्रुस र मोहम्मद आमिरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि ओपनर विरनदीप सिंहले सर्वाधिक ४७ रन बनाउँदा अहमेद फइजले ३३, एइनोल हफिजले १८ र सइद अजिजले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। त्यस्तै कुशल भुर्तेल र रोहितकुमार पौडेलले समान १ विकेट लिए।

सिरिजको फाइनलमा सोमवार नेपाल र पपुवा न्युगिनी भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell