PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

फेरि अभावको कोलाहल : पार पाउनै कठिन बन्दै पेट्रोलको लाइन

फेरि अभावको कोलाहल : पार पाउनै कठिन बन्दै पेट्रोलको लाइन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पेट्रोलियम पदार्थको अभाव हुने त्रासले काठमाडौं उपत्यकामा रहेका पेट्रोल पम्पहरुमा इन्धन भर्नेहरुको लामो लाइन लागेको छ। शुक्रवारदेखि नै पेट्रोल पम्पमा देखिएको लामो लाइन शनिवार पनि कायमै रह्यो।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको थियो।

निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको समितिले जनाएको थियो। यस्तै, चैत २० गतेबाट पेट्रोलियम पदार्थको बिक्री वितरण बन्द गर्ने महासंघले चेतावनी दिएको छ।

रसिया र युक्रेन बिचको युद्धका कारण विश्वभर पेट्रोलको मूल्य बढिरहेको छ। नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य बढ्दो छ। यस्तो अवस्थामा पटक पटक व्यवसायीहरुको आन्दोलनले पेट्रोलियम पदार्थको अभाव हुने देखिएपछि सर्वसाधारणहरु इन्धनको जोहो गर्न लाइनमा लागेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell