
बुटवलः वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन्।
स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन समेत गरेका छन्।
रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरिएको हो।
समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुझेर केन्द्रलाई सुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय गर्नेछ। १६ स्थानीय तह रहेको रुपन्देहीमा आ-आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति बुझेर २२ चैतमा पुनः थप छलफल गर्नेछ।