PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मुम्बइलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित



पहिलोपोस्ट

मुम्बइलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सन्समाथि जित निकालेको छ। मुम्बइस्थित डीवाई पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा राजस्थानले २३ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई १७० रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको राजस्थानलाई उच्च स्कोरतर्फ डोहोर्‍याउन जोस बट्लरले शतकीय पारि खेले। उनले ६८ बलमा ५ छक्का र ११ चौकाको सहायतामा १०० रन बनाउँदा शिमरन हेटमायरले ३५ तथा कप्तान सन्जु सामसनले ३० रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ मुम्बईका जसप्रीत बुमराह र टाइमल मिल्सले समान ३ विकेट लिँदा किइरन पोलार्डले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बइका लागि ओपनर इशान किशनले ५४ र कप्तान रोहित शर्माले १० रन बनाउँदै औशत सुरुवात दिए। त्यस्तै तिलक वर्माले सर्वाधिक ६१ रन बनाउँदा किइरन पोलार्डले २२ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनिय योगदान दिन सकेनन्।

मुम्बइलाई लक्ष्य सम्म पुग्न नदिन युजवेन्द्र चहल र नवदीप शैनीले समान २ विकेट लिँदा ट्रेन्ट बोल्ट, प्रसिद कृष्णा र रविचन्द्र अश्विनले समान १ विकेट लिए। जारी सिजन राजस्थानको यो लगातार दोस्रो जित हो। अघिल्लो खेलमा हैदराबादलाई ६१ रनले हराउँदै राजस्थानले प्रतियोगितामा सुखद  सुरुवात गरेको थियो। अर्कोतर्फ  पहिलो खेलमा दिल्लीसँग पराजय ब्यहोरेको मुम्बइले लगातार दोस्रो हार ब्यहोरेको हो।

आजै पुणेमा जारी दोस्रो खेलमा गुजरात टाइटन्स र देल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell