PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

दुई छोराछोरीसहित आमा पोखरीमा हाम फाल्दा बालबालिकाको मृत्यु



रासस

दुई छोराछोरीसहित आमा पोखरीमा हाम फाल्दा बालबालिकाको मृत्यु
प्रतीकात्मक तस्विर। घटनासँग सम्बन्धित छैन।

जलेश्वरः महोत्तरीको औरही नगरपालिका १ मा गएराति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गएराति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो।

महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई गएराति नै मृत घोषणा गरेको थियो। आमा बन्दनाको अवस्था सामान्य रहेको छ।

प्रहरीले घटनापश्चात गएराति ११ बजे नै मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell