PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

वाटफोर्डमाथि लिभरपुलको सहज जित, शीर्षस्थानमा सिटी र लिभरपुलको होड



पहिलोपोस्ट

वाटफोर्डमाथि लिभरपुलको सहज जित, शीर्षस्थानमा सिटी र लिभरपुलको होड
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा वार्टफोर्डलाई हराउँदै लिभरपुल शीर्षस्थानमा उक्लिएको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले वार्टफोर्डमाथि २-० गोलअन्तरको जित निकालेको हो।

खेलको २२ औं मिनेटमा जोए गोमेजको पासमा गोल गर्दै डिएगो जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल फ्याबिन्होले ८९ औं मिनेटमा पेनाल्टीमा पाएकव अवसर सदुपयोग गर्दै गरे।

जितसँगै लिभरपुल ३० खेलबाट ७२ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ। भलै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले आजै जारी अर्को खेलमा बर्नलीसँग प्रतिस्पर्धा गरिरहेको छ। उक्त खेलमा सिटीले जित निकालेको खण्डमा सिटी नै शीर्षस्थानमा कायम रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell