PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ब्रेन्टफोर्डसँग घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार



पहिलोपोस्ट

ब्रेन्टफोर्डसँग घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार
Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डसँग पराजय ब्यहोरेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डसँग ४-१ गोलको लज्जास्पद हार ब्यहोरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ४८ औं मिनेटमा एनगोलो कान्टेको पासमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेट नबित्दै ब्रेन्टफोर्डका भिटाली जानेल्टले गोल गर्दै खेल बराबरीमा ल्याए। ५२ औं मिनेटमा ब्रेन्टफोर्डकै क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता दिलाए। त्यस्तै ६० औं मिनेटमा जानेल्टले नै ब्यक्तिगत दोस्रो गोल गर्दा ब्रेन्टफोर्ड ३-१ गोलअन्तरले अघि पुग्यो। ब्रेन्टफोर्डका लागि अन्तिम गोल ८७ औं मिनेट योआने विसाले  गरे। र, चेल्सीले ब्रेन्टफोर्डसँगको खेलमा ४-१ ले स्तब्ध हुन पु्ग्यो।

२९ खेलबाट ५९ अंक जोडेको चेल्सी अंकतालिकाको तेस्रो स्थानमा छ भने ३१ खेलबाट ३३ अंक जोडेको ब्रेनफोर्ड तालिकाको १४ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell