PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, ढुवानी र बिक्री कार्य अवरुद्ध नगर्ने



पहिलोपोस्ट

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, ढुवानी र बिक्री कार्य अवरुद्ध नगर्ने

काठमाडौँः नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीमा अवरोध नगर्ने सहमति भएको छ। शनिबार निगमको कार्यालय टेकुमा भएको छलफलपछि समितिले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो।

विक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनको मागमा ७ दिनभित्र निष्कर्ष निकाल्ने सहमति भएपछि आन्दोलन स्थगन भएको हो।

यस्तै, पेट्रोलियम कारोबारसँग सम्बन्धित अन्य मागबारे जेठ १५ सम्म निष्कर्ष निकाल्ने द्विपक्षीय सहमति भएको छ। 

सहमतिसँगै समितिले गर्दै आएको सबै प्रकारका विरोधका कार्यक्रम फिर्ता भएको समितिले वक्तव्यमार्फत जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell