PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

एमाले पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित



पहिलोपोस्ट

एमाले पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित

वीरगंजः नेकपा (एमाले) पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित भएका छन्। आठौँ जिल्ला अधिवेशनको स्थगित बन्दसत्र शनिबार सम्पन्न भएको छ। बन्दसत्रले थारुलाई अध्यक्ष चयन गरेको हो। थारु संविधानसभा सदस्‍य पनि हुन्।

बन्दसत्रले थारुको अध्यक्षतामा १३५ सदस्यीय समिति चयन गरेको छ। यसअघि गत पुस २७ गते अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयनको विषयमा सहमति जुट्न नसकेपछि बन्दसत्र स्थगित भएको थियो। स्थगित बन्दसत्र शनिबार सकिएको हो।

जिल्ला उपाध्यक्षमा फरमान मिया अन्सारी, सचिवमा मनोज गुप्ता, सहसचिवद्वय संजीव मिश्र र प्रधुम्न सेढाई चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell