PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बर्नलीलाई हराउँदै सिटी शीर्षस्थानमा



पहिलोपोस्ट

बर्नलीलाई हराउँदै सिटी शीर्षस्थानमा
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ। टर्फ मोर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई २-० गोल अन्तरले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।

खेलको पाँचौं मिनेटमै रहीम स्ट्रलिङको पासमा केभिन डी ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २५ औं मिनेटमा स्ट्रलिङकै पासमा इल्के गुण्डोगनले गोल गर्दै अग्रता दोब्बर बनाए र सिटीले २-० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

आजै सम्पन्न अघिल्लो खेलमा लिभरपुलले वार्टफोर्डलाई हराउँदै शीर्ष स्थानमा उक्लिए पनि त्यसको केही घण्टा नबित्दै फेरि सिटी नै शीर्षस्थानमा उक्लिएको हो। सिटीले ३० खेलबाट ७३ अंक जोडेको छ भने लिभरपुलले समान खेलबाट ७२ अंक जोडेको छ।

आजै सम्पन्न अन्य खेलहरुमा ब्रेन्टफोर्डले चेल्सीलाई ४-१ गोलअन्तरले हराउँदा लिड्स र साउथह्याम्टन १-१ को बराबरीमा रोकिए। त्यस्तै वुल्भ्सले एस्टोन भिल्लालाई २-१ गोलअन्तरले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell