PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

दिल्लीमाथि गुजरातको रोमाञ्चक जित



पहिलोपोस्ट

दिल्लीमाथि गुजरातको रोमाञ्चक जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि १४ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको गुजरातका लागि शुभमन गिलले सर्वाधिक ८४ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले ३१ रन बनाए। त्यस्तै डेबिड मिलर २० रनमा अविजित रहँदा विजय शंकरले १३ रन बनाए।

बलिङतर्फ दिल्लीका मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट लिँदा खलिल अहमेदले २ तथा कुलदीप यादवले १ विकेट लिए।

जवाफी ब्याटीङमा उत्रिएको दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ४३ रन बनाउँदा ललित यादवले २५ तथा रोभमन पवेलले २० रन बनाए। त्यस्तै कुलदीप यादव २० रनमा अविजित रहे।

योसँगै जारी सिजन गुजरातले लगातार दोस्रो जित निकाल्दै ४ अंक जोडेको छ भने पहिलो खेलमा मुम्बइलाई हराएको दिल्ली दोस्रो खेलमा पराजित हुँदा तालिकामा २ अंक रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell