PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

आजबाट सार्वजनिक सवारीको भाडा बढाउँदै सरकार, कति पुग्ला न्यूनतम भाडा?



पहिलोपोस्ट

आजबाट सार्वजनिक सवारीको भाडा बढाउँदै सरकार, कति पुग्ला न्यूनतम भाडा?

काठमाडौं : सरकारले आइतबारबाट लागुहुने गरी नयाँ भाडादर कायम गर्ने भएको छ। यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा बढाउने निर्णय गरेपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर निकाल्न लागेको हो।

सार्वजनिक यातायातको १० प्रतिशत र ढुवानी यातायातको १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने बिहीबार बसेको  मन्त्रिस्तरीय बैठकबाट निर्णय भएको थियो। पेट्रोलियम पदार्थको लगातारको मूल्यवृद्धि पछि व्यवसायीहरुले यातायातका साधनको भाडा बढाउन माग गर्दै आएका थिए।

उक्त बैठकमा यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको छ। यो भाडादर विभागले कुन रुटको कति भनेर आधिकारीक रुपमा सूचना जारी गरेपछि मात्र लागू हुनेछ।

१३ वटा ‘इन्डिकेटर’लाई आधार मानेर भाडा समायोजन गरिएको विभागले जनाएको छ। विभागका अनुसार जसमा ३५ प्रतिशत पेट्रोलियम पदार्थलाइ आधार मानिएको छ। बाँकी ६५ प्रतिशत सवारीसाधनमा काम गर्ने स्टाफको तलब सुविधा,कर, वार्षिक बीमा प्रिमियम, मर्मतसम्भार खर्च, ब्याजदर, ब्याट्रीको मूल्य ह्रास, अन्य खर्च, इन्धन, टायर, लुब्रिकेन्ट लगायतलाई आधार मानिएको छ।

बढेर आउने भाडादर केन्द्रको हकमा मात्र लागू हुनेछ। तर स्थानीय रुटको भाडादर समायोजन सम्बन्धी अधिकार प्रदेशहरुमा रहेकाले एक प्रदेशबाट अर्को प्रदेशमा जाने ट्रक, सार्वजनिक र अन्य सवारीसाधनका मात्रै लागू हुन्छ। स्थानीय भाडादर बढाउने अधिकार प्रदेशलाई छ।

यसअघि केन्द्रले भाडा बढाएपछि प्रदेशले बढाएका थिए। प्रदेशले कुनै निर्णय नगरेसम्मका लागि यो भाडादर एक प्रदेशबाट अर्को प्रदेशमा जाने सवारीसाधनमा मात्र लागू हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell