PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

डिआइजी कार्कीको रिट निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा



पहिलोपोस्ट

डिआइजी कार्कीको रिट निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा

काठमाडौं : डिआइजी ईश्वर बाबु कार्कीले अदालतमा दर्ता गराएको रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी चढेको छ। सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर डिआइजी कार्कीले बिहीवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

न्यायाधीश रेग्मीको इजलासमा अन्य १२ वटा पेशी पनि चढेका छन्। डिआइजी कार्कीको निवेदनको पेशी भने अन्तिममा राखिएको छ।

सरकारले पहिलो नम्बरमा डिआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको छ। चैत्र १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक, सिंहले ७३ दशमलव १ अंक र धानुकले ७१ दशमलव ५८ प्राप्त गरेको बताएको थियो। बढुवा भएका तीनै जनाले बिहीवार दर्ज्यानी चिन्ह समेत लगाइ सकेका छन्।

तीन जनालाई बढुवा सिफारिस गरेपछि आकांक्षी रहेका अन्य तीनजना डिआइजीहरू धनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्की असन्तुष्ट भएका थिए। उनीहरूले आफूभन्दा कनिष्टलाई एआइजीमा सिफारिस गरिएको भन्दै गृहको निर्णयविरुद्ध निर्वाचन आयोगमा पुगेका थिए। तर, आयोगले गृहको सिफारिसलाई सदर गर्ने निर्णय गरेपछि सरकारले बढुवा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell