PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

संकटमा इमरान खान : आफ्नै पार्टीका सांसदले पनि छाडे साथ, अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदै



पहिलोपोस्ट

संकटमा इमरान खान : आफ्नै पार्टीका सांसदले पनि छाडे साथ, अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदै
PHOTO : ANADOLU AGENCY

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भविष्यको फैसला आज हुँदैछ। स्थानीय समय अनुसार बिहान ११:३० बजे त्यहाँको राष्ट्रिय सभाको बैठक सुरु हुँदैछ। आजै बैठकमा ३ बजे प्रधानमन्त्री खान विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव माथि राष्ट्रियसभा सदस्यहरुले मतदान गर्नेछन्।

३४२ सदस्य रहेको राष्ट्रियसभाका १७२ सदस्यले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे खानको पद जाने छन्।

राष्ट्रियसभामा अहिले विपक्षी दलहरुले प्रस्तावको पक्षमा बहुमत जुटाएको डन न्यूजले जनाएको छ। उनीहरुले १७२ आवश्यक संख्या भन्दा पाँच मत बढी १७७ जुटाएको बताइएको छ। जसमा सत्तारुढ दल प्रधानमन्त्री खानको पार्टी पीटीआईका दर्जन बढी सदस्यहरुसमेत विपक्षी क्याम्पमा जोडिएको बताइएको छ। उनीहरुले सार्वजनिक रुपमै प्रधानमन्त्रीलाई समर्थन नरहेको घोषणा गरेका थिए।

यसैबिच विपक्षीहरुले राष्ट्रियसभाका अध्यक्ष असाद काइसेरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। विपक्षी दल पीएमएल-एमका सांसद मुर्ताजा जावेद अब्बासीले संसद सचिवालयमा एक सय बढी सदस्यको हस्ताक्षरसहित राष्ट्रियसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

अर्को विपक्षी दल पीपीपीका अध्यक्ष विलावल भुट्टो जर्दारीले अविश्वासको प्रस्ताव पत्र सार्वजनिक गर्दै अप्रत्यासित भनेका छन्।

मार्च ८ मा विपक्षी दलको गठबन्धन पाकिस्तान डोमोक्राटिक मुभमेन्ट र पीपीपी मिलेर राष्ट्रियसभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

खानलाई अहिले एक पछि अर्को गर्दै उनका सत्ता साझेदारहरु छाड्दै गएका छन्। पीटीआईको सहयोगी दल चार सिट भएको वलोचिस्तान नेसनल पार्टी-मेंगलले २०२० जुनमा गठबन्धनबाट बाहिरिएर विपक्षी क्याम्पमा जोडिएको थियो।

पीटीआईको साथमा जोडिएका अधिकांश दलहरु विपक्षी क्यम्पमा जोडिएका छन्। सत्तारुढ दल पीटीआईको सबै भन्दा ठूलो साझेदार एमक्युएम-पीले पनि विपक्षी क्याम्पमा जोडिएको छ। उक्त दलसँग सात सिट छन्।

यसैबिच प्रधानमन्त्री खानले विदेशीले सरकार ढलाउन खोजेको आरोप लगाएका छन्। त्यस्तै उनले उनले विपक्षीहरुले संसद खरिद बिक्रीको काम गरेको आरोप लगाएका छन्। पीटीआईले अहिले पीएमएल-क्युको समर्थन पाइराखेका छन्। यसको सट्टा पीटीआईका तर्फबाट पञ्जावको मुख्यमन्त्री रहेका उस्मान बुजदारले पीएमएल-क्यूका चौधरी पेरभाइज एलाहीलाई छाडिदिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell