PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बजार अनुगमन गरेर प्रतिवेदन पठाउन ७७ वटै जिल्लाका सिडिओलाई गृहको सर्कुलर



पहिलोपोस्ट

बजार अनुगमन गरेर प्रतिवेदन पठाउन ७७ वटै जिल्लाका सिडिओलाई गृहको सर्कुलर

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र बिक्री वितरण प्रभावकारी बनाउन अनुगमन गर्न निर्देशन दिएका छन्। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गर्दै उनले अनुगमन गर्न निर्देशन दिएका हुन्। अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन उनले निर्देशन दिएका हुन्।

‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिनुभएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सृजना गरिएमा कानुन अनुरूप कारबाहीका लागि अगाडि बढ्न सरकार बढ्न हुनेछ।’

कार्यवाहक प्रधानमन्त्री खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरूप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिएको प्रवक्ता पोखरेलले बताए।

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतवारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको थियो। गृह प्रवक्ता पोखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे-नबढेको, दैनिक उपभोग्य वस्तु अभाव भए नभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउने छन् ।

त्यस्तै मन्त्रालयले उद्योग वाणिज्य संघको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति, सहजता र मूल्यवृद्धि नियन्त्रणलगायत विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानुन अनुरूप सजाय गर्नसमेत निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell