PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

‘आरआरआर’को चपेटामा नेपाली फिल्म, दर्शक नआएपछि मल्टिप्लेक्सबाट हटाइयो ‘हेल्लो जिन्दगी’



पहिलोपोस्ट

‘आरआरआर’को चपेटामा नेपाली फिल्म, दर्शक नआएपछि मल्टिप्लेक्सबाट हटाइयो ‘हेल्लो जिन्दगी’

काठमाडौं : फिल्म ‘हेल्लो जिन्दगी’लाई मल्टिप्लेक्स हलबाट हटाइएको छ। गत शुक्रवारबाट रिलिज भएको यो फिल्म दक्षिण भारतीय फिल्म ‘आरआरआर’को चपेटामा परेको हो।

एक साताअघि रिलिज भएको फिल्म ‘आरआरआर’ले नेपाली सिनेमाहलमा आक्रामक व्यापार गरिरहेको छ। यसैबिच, प्रियंका कार्की र दीपिका प्रसाई अभिनित फिल्म ‘हेल्लो जिन्दगी’को शोहरू हटाइएको छ।

शुक्रवारबाट रिलिज भएको फिल्म हिजोबाट नै हलबाट हटाइएको बिग मुभिजका म्यानेजर दिपेश शर्माले जानकारी दिए। नेपाली फिल्मले दर्शकलाई तान्न नसकेपछि हलबाट शो हटाइएको समेत उनले बताए।

बिग मुभिजका साथै क्युएफएक्स, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्युज सिनेमाज र वान सिनेमाजबाट पनि यो फिल्म हटेको छ। तर, गुण सिनेमाजले भने आइतवार फिल्म ‘हेल्लो जिन्दगी’लाई तिन शो दिएको छ। सिंगल थियटरमा भने फिल्मको शोलाई निरन्तरता दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell