PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इङ्ग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि



पहिलोपोस्ट

इङ्ग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि
Photo: ICC

अस्ट्रेलियाको क्रिकेट टोलीले इङ्ग्ल्याण्डलाई हराउँदै महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। न्युजिल्याण्डस्थित क्रिस्टचर्च स्टेडियममा आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई ७१ रनले हराउँदै विश्वकपको उपाधि जितेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो। जसमा ओपनर एस्ला हेलेले शतकीय पारि खेल्दै सर्वाधिक १ सय ७० रन बनाउँदा रचेइल हेयनेसल् ६८ तथा बेथ मुनीले ६२ रन बनाइन्।

बलिङतर्फ इङ्ग्ल्याण्डकी एन्या स्रुबसोलले सर्वाधिक ३ विकेट लिँदा सोफी इक्लेस्टोनले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्ड ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २८५ रनमा समेटियो। इङ्ग्ल्याण्डका लागि नेट स्कीभरले शतकीय पारि खेल्दै अविजित १४८ रन बनाए पनि टिमलाई जिततर्फ डोहोर्‍याउन सकिनन्। उनीबाहेक टेम्मी बेउमोन्टले २७, कप्तान हेदर नाइटले २६, सोफिया डंक्लेले २२ रन बनाइन्।

इङ्ग्ल्याण्डलाई लक्ष्यसम्म पुग्न नदिन एलना किंग र जेस जोनासेनले सर्वाधिक ३ विकेट लिँदा मेघन स्कुकले २ तथा ताह्लिया म्याक ग्राथ र एस्लेइग गार्डनरले समान १ विकेट लिए।

योसँगै अस्ट्रेलियाले ७ औं पटक विश्वकपको उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell