PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

ट्र्याक्टरबाट खसेर तनहुँमा एक युवतीको मृत्यु



रासस

ट्र्याक्टरबाट खसेर तनहुँमा एक युवतीको मृत्यु

दमौली : तनहुँको भानु नगरपालिका-९ डुम्रीखर्कमा ट्र्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ।

ग १ त ५४४५ नम्बरको ट्र्याक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। गएराति दाउरा लिन गएका बेला ट्र्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन्। ट्र्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell