PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बतास समूहले सञ्चालन गरेको होटल आनन्दसँगको सम्झौता रद्ध



पहिलोपोस्ट

बतास समूहले सञ्चालन गरेको होटल आनन्दसँगको सम्झौता रद्ध

काठमाडौँः पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ।

कोष र होटेल आनन्द प्रालिबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका शर्त होटेल आनन्द प्रालिले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ।

कोष र प्रालिबीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा बतास समूहले बुझन नमानेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए।

उनले भने, “होटेल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन, कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गर्‍यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा बतास समूहले बुझ्न मानेन।”

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गर्न बिहीबार  पत्राचार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell