PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सानदार जितसँगै टोटेनहम शीर्ष चारमा उक्लियो



पहिलोपोस्ट

सानदार जितसँगै टोटेनहम शीर्ष चारमा उक्लियो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटनेहम हटस्परले न्युक्यासलमाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमले न्यु क्यासलमाथि ५-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो।

खेलको ३९ औं मिनेटमा फेबिअन स्यारको गोल न्युक्यासलले अग्रता बनाएको थियो। तर, ४१ औं मिनेटमा बने डेभिसले सन ह्युङमिनको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा टोटेनहमले ४ गोल थप्यो।

खेलको ४८ औं मिनेटमा ह्यारी केनको पासमा म्याट डोहेर्टीले गोल गर्दा ५४ औं मिनेटमा सन ह्युङमिनले डेजन कुलुसेभ्स्कीको पासमा गोल गरे। त्यस्तै ६३ औं मिनेटमा इमर्सन र ८३ औं मिनेटमा स्टेभेन बेर्जग्विनले गोल थप्दा टोटेनहमले ५-१ गोलको सहज जित निकाल्यो।

जितसँगै टोटेनहम ३० खेलबाट ५४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ।

आजै सम्पन्न अर्को खेलमा वेस्टहमले एभर्टनमाथि २-१ गोलअन्तरको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell